मिति २०८१ साल असाेज ५ गते शनिबारका दिन मगर चलिचत्रकर्मी संघकाे चाैंथाे अधिवेशन तथा सम्मान कार्यक्रम-२०८१ भव्यताका साथ सम्पन्न भएकाे कुरा सबैलाई जगजाहेरै छ ।
उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आफ्नाे अमुल्य समय खर्चिनु भएकाे कार्यक्रमका प्रमुख अतिथि साँस्कृतिक
महाप्रबन्धक श्री किरणबाबु पुन मगर ज्यु, विशिष्ट अतिथिहरु हाेमराज खपाङ्गी मगर (उप-महासचिव-नेपाल मगर संघ के.स.), पुर्खाजित राई (अध्यक्ष- आदिवासी जनजाति चलचित्र महासंघ), ज्याेतिराज राई (संयाेजक-आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समिति),
अन्य सम्पूर्ण अतिथिगण, सबै सम्मानित महानुभावहरु, आर्थिक सहयाेग गर्नु हुने महानुभावहरु, युवराज मास्की मगर, प्रतिमाया पुन मगर, प्रदेश तथा जिल्ला समितिबाट सहभागी प्रतिनिधि एवम् पर्यवेक्षक ज्युहरु, स्वयमसेवक ज्युहरु, पत्रकार ज्युहरु, कार्यक्रम संचालक श्या बहादुर राना मगर, हाम्राे कार्यकाल सफलतापूर्वक यहाँसम्म ल्याउन हातेमालाे गर्ने पदाधिकारी तथा सदस्य ज्युहरु र हल उपलब्ध गराइदिनु हुने अम्ब्रेला इभेन्टका संचालक सबै सबैलाई धेरै धेरै धन्यवाद ।